असार १७ कपिलवस्तु
अनेक पाण्डे
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका वार्ड नं.८मा रहेकाे लाेहराैला स्मार्ट कृषि गाउँ कार्यक्रमकाे सार्वजनिक सुनवाई सम्पन्न भएकाे छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमकाे मुख्य उदेश्य कृषकहरुलाई स्मार्ट तथा नयाँ नयाँ प्रविधि बारे जानकारी गराउने र कृषिमा आत्मनिर्भर बनाउने उदेश्य बाेकेकाे छ । कार्यक्रमकाे अध्यक्षता लाेहराैला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वयन समितिका संयाेजक जाकिर हुसेन प्रमुख अतिथि नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्र ताैलिहवाका प्रमुख डा.रविन्द्र नाथ चाैबाे अतिथिमा साेही वडाका वडा अध्यक्ष नुर मोहम्मद मुसलमानकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रम संचालन कृषि ज्ञान केन्द्रका कृषि आर्थिक विज्ञ शिवपुजन गुप्ताले गर्नुभयो ।
कार्यक्रममा बाेल्दै प्रमुख शाहले यस लाेहराैला स्मार्ट कृषि गाउँ जिल्ला प्रथम भएकाेमा हृदय देखि सम्पूर्ण कृषकलाई बधाई तथा शुभकामना दिदै अगाडिका दिनहरुमा अझै उत्कृष्ट हुँदै जानू जे सहयाेग चाहिन्छ नगरपालिका देखि हामी गर्ने छाै भनी प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका बाली सरंक्षण अधिकृत सन्तराम हरिजनले यस कार्यक्रमलाई सम्पूर्ण सदस्यहरुले एक अापसमा हातेमालो गरि कार्यक्रमलाई सफल बनाउदै जाने र प्राविधिक सहयोग हामी गर्छौ र साथै शुभकामना दिनुभयाे ।
ज्ञान केन्द्रका प्रमुखले यस लाेहराैला स्मार्ट गाउँ कार्यक्रमले उत्कृष्ट कार्य गरेकाेमा सम्पूर्ण टिमलाई बधाई दिदै कृषि ज्ञान केन्द्र बाट हुनसक्ने सुझाव र सहयोग हर सम्भव हामी दिने प्रयास गर्नेछौं भन्नुभयाे ।
लाेहराैला स्मार्ट कृषि गाउँ कार्यक्रम मा जलवायु स्मार्ट कार्यक्रम ,सिचाई स्मार्ट कार्यक्रम ,खाद्य पाेषण कार्यक्रम ,प्रविधि स्मार्ट कार्यक्रम ,बजार स्मार्ट कार्यक्रम ,अन्तरसम्बन्धि विषयहरुमा कुल लगानी खर्च रु.५३५७१४० /- बारे सार्वजनिक गरियाे । साथै उपस्थिति सबैमा शुभकामना तथा धन्यवाद दिदै कार्यक्रम का अध्यक्ष जाकिर हुसेनले कार्यक्रम समापनकाे घाेषणा गरे ।