पोखरा बहुमुखीको छात्रा भलिबल

पोखरा बहुमुखीको छात्रा भलिबल

पोखरा । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस, नयाँबजारले ३७ औं वार्षिकोत्सव अवसरमा कास्की जिल्लाव्यापी अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ ।

क्याम्पसको प्रांगणमा आगामी मंसिर ८ देखि १० सम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक विनोदराज आचार्यले बताए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले मंसिर ६ सम्म टिम दर्ता गराउनुपर्नेछ ।

विजेताले ३० हजार, उपविजेताले २० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *