मनोरथ चौधरी
असार १८ ,कपिलवस्तु
काङ्ग्रेसका नेता सांसद अभिषेक प्रताप शाहले भारतीय महिला नेपाली पुरुषसँग बिहे गरे तुरुन्त नागरिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन । उनलेे आफ्नो फेस्बुकमा लेखेका छन “माधेशका बिहे-बारि भारतका चेलि-बेटी संग हुने गरेको पुरानै परम्परा हो, ती महिला लाई नगरिकता दिने राज्यको दायित्व हो, तदर्थ महिला बिहे गरे पछि तुरन्त नेपाली नगरिकता दिने बेबस्था हुने गरि क़ानून परिवर्तन गरि दिनुपर्छ भन्ने मेरो अवधारणा हो।जय नेपाल।” उनको यो धारणालाई धेरैले सहि लेखेको प्रतिक्रिया दिएका छन ।