चीनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा

चीनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा

पोखरा । प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित पोखराको प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो ।

केही दिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेसनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्यसहित सम्झौता गरेको प्रतिभा माविले चीनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै थप सम्बन्ध बिस्तारको सुरुआत गरेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविले विगत केही वर्षदेखि विद्यालयमा चीनियाँ भाषा अध्यापन पनि गराउँदै आएको छ । पछिल्लो समय विश्वमै चीनियाँ भाषाको महŒव पनि बढेको छ । चीनियाँ विश्वविद्यालयसँग भगिनी सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेको प्राचार्य सापकोटाले बताए ।

‘चीनियाँ विश्वविद्यालयसँग भगिनी सम्बन्ध राख्नका लागि यो भेटघाटले महŒव राख्छ । भगिनी सम्बन्ध बिस्तार गर्न सकेको खण्डमा चीनको शिक्षण सिकाई र प्रविधिलाई हामीले पनि अँगाल्न सक्छांै,’ सापकोटाले भने, ‘चीनले शिक्षा र प्रविधिमा फड्को मारेको छ । त्यहाँको विकासलाई हामीले पनि अँगाल्न पाउने हो भने त्यसले नेपाली शिक्षा प्रणालीमा पनि सुधार ल्याउन सक्छ । चीनियाँ सिकाई र प्रविधि हाम्रा लागि महŒवपूर्ण बन्नेछ ।’

चीनियाँ शिक्षण संस्थाले अवलम्बन गरेको शैलीलाई अपनाउन सके नेपाली शैक्षिक प्रणालीमा अहिलेभन्दा व्यापक परिवर्तन ल्याउन सक्ने उनले बताए । ‘जापानको शैक्षिक संस्थासँग एकतहको सम्झौता भइसकेको छ । अब चीनियाँ शिक्षण संस्थासँग पनि सम्बन्ध बिस्तार गर्ने योजनामा छौं । यसले हाम्रो शिक्षण पद्दतिमा सुधार ल्याउने अपेक्षा हो,’ उनले भने ।

चीनको बेइजिङ इन्टरनेसनल चाइनिज कलेजकी डिन कुइ फानले चीनियाँ भाषा र संस्कृतिप्रति लगाव राख्ने नेपाली विद्यार्थीलाई यसअघि नै छात्रवृत्ति दिन थालिसकेकाले आगामी दिनमा प्रतिभा माविसँग यस विषयमा थप सहकार्य गर्न सकिने बताइन् । ‘प्रतिभाका विद्यार्थीलाई भविष्मा चीनियाँ विश्वविद्यालयमा अध्ययन गर्नमा सहजीकरण गर्ने गरी सम्बन्ध बिस्तारको सुरुआत भएको छ,’ फानले भनिन, प्रतिभा माविसँग भगिनी सम्बन्ध राखेर सहकार्य गरिनेछ ।’ प्रतिभाका विद्यार्थीका लागि चीनका अन्य शैक्षिक संस्थासँग पनि सहयोग र सम्बन्ध बढाउन आफूले सहयोग गर्ने उनले बताइन् ।

‘प्रतिभाका विद्यार्थी र शिक्षकलाई चीनका विभिन्न शैक्षिक संस्थामार्फत् छात्रवृत्ति र तालिम दिलाउन हामीले पर्याप्त पहल गर्नेछौं,’ उनले भनिन्, ‘अंग्रेजी र चीनियाँ भाषा जान्ने हो भने जो सुकैले जहाँ पनि ठाउँ पाउँछ । त्यसमा प्रतिभाका विद्यार्थी र शिक्षकका लागि अवसरको ढोका खुल्नेछ । हामीले त्यसका लागि सघाउनेछौं ।’

उनका अनुसार काठमाडौंको एलआरआई स्कुलसँगको यस्तै भगिनी सम्बन्ध बिस्तारले अहिलेसम्म एलआरआईमार्फ्त गएका करिब ३ सय शिक्षक र ५ सय विद्यार्थीले चीनमा छात्रवृत्ति र तालिम पाइसकेको पनि उनले बताइन् । एलआरआई स्कुलसँग १२ वर्ष अघि नै यस्तै सम्झौता गरेर सहकार्य गरेको उनले बताइन् । उनले पोखरा सुन्दर सहर भएकाले चीनियाँ पर्यटक पनि आकर्षित हुने गरेको बताइन् । चीनियाँहरू पोखरा भनेपछि हुरुक्कै हुने उनले बताइन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता सम्बन्धले विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने र त्यसले अवसरका थप ढोका खुलाउने बताए । विकसित मुलुकको शिक्षण पद्धति र प्रविधिलाई अँगाल्दै जाने हो भने नेपाली शिक्षण संस्थाले अहिलेभन्दा अझै फड्को मार्ने पनि अध्यक्ष पौडेलले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *