बाबुराम भट्टराई जता नेता पुरी उतै ।


असार २२ कपिलवस्तु ।
स्थानीय चुनावमा पार्टीले टिकट नदिएपछि जसपाका जिल्ला उपाध्यक्ष समेत रहेका राम नेवास पुरी जनता प्रगतिशील पार्टी बाट चुनाव लडे पनि बाबुराम नै आफ्नो आदर्श नेता मानेकाले जसपाबाट अलग भए आफू बाबुराम भट्टराईको साथमा रहने घोषणा गरेका छन । जिल्लामा जसपा जातिबाद र पुजीबाद भएको प्रेस बिज्ञापति मार्फत आरोप समेत लगायतका छन ।यस्तो थियो प्रेस बिज्ञापति
” देशमा गत बैशाख ३० गतेका दिन भएको स्थानीय तहको निर्वाचन २०७९ काे दाैरानमा यश जिल्लामा जसपा ,नेपाल काे जिल्ला नेतृत्वले यश जिल्लाका प्रायः सबै जसाे स्थानमासामन्यतया अाफ्नाे जातीको र बिशेषत रुपैयाँको झाेला बुझाउन सक्ने मानिस हरु खाेजि खाेजि टिकट बितरण गरेको देखे पछि म जसपा,नेपाल बाट बिद्रोह गरि राष्ट्रिय प्रगतिशील पार्टीको चुनाब चिन्ह लियर बिजयनगर गाउँ पालिका बडा नम्बर ३ मा बडा अध्यक्ष काे उम्मेदवारी दिई चुनावी मैदानमा हाम फालेको थिय ।
सर्ब प्रथम मलाई अाफ्नाे दलकाे चुनाब चिन्ह प्रदान गरेर सहयोग गर्नु हुने राष्ट्रिय प्रगतिशील पार्टी कपिलवस्तु प्रति धन्यवाद का साथ अाभार प्रकट गर्दछु ।
मेरो राजनैतिक प्रबेश तत्कालीन नयाँ शक्ति पार्टी नेपाल का संयाेजक डा. बाबुराम भट्टराईले प्रस्तुत गर्नु भएको र सुरु गर्नु भएको बैकल्पिक राजनीतिको अभियान सङ्गै भएको र म त्यो पार्टीको सिद्धान्त प्रति दिलै देखि सहमत भइ बिबेक सम्मत लागेको एउटा अभियान्ताकाे हैसियतले म अहिले पनि त्यो अभियानमा अझै सक्रियता पुर्बक लागि रहेको कुरा सर्ब बिदित्तै छ ।
हाम्रो पार्टीका संघिय परिषद का अध्यक्ष डा. बाबुराम भट्टराईले समेत उक्त पार्टी संङ्ग निर्णायक रुपमा समन्ध बिच्छेद गरि नयाँ परिस्थितिमा नयाँ ढङ्गले तत्कालीन नयाँ शक्ति पार्टी नेपाल ले अगाडि सारेको पाँच स काे सिद्धान्तकाे रक्षा र बिकास का निम्ति क्रान्तिकारी झण्डा उठाउनु भएकोले मेरो पुर्ण र सक्रिय समर्थन रहेको कुरा यसै प्रेस बिज्ञप्ती मार्फत अाम जनसमुदायमा स्पष्ट गर्न चाहान्छु ।”
अभिबादन सहित !
राम निबाश पुरी “

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top