DIG दानबहादुर कार्की  नेतृत्वमा आए देखि कपिलवस्तुमा तस्करी नियन्त्रण, तस्करको  संजाल तोडिदै ।।

DIG दानबहादुर कार्की  नेतृत्वमा आए देखि कपिलवस्तुमा तस्करी नियन्त्रण, तस्करको  संजाल तोडिदै ।।



लुम्बिनी प्रदेशका प्रहरी प्रमुख DIG दानबहादुर कार्कीको नेतृत्व सम्हालेपछि कपिलवस्तुमा दिनरात हुने तस्करी  नियन्त्रणमा आएको छ। जिल्लामा विगतका वर्षहरूमा प्रहरीकै मिलेमतोमा तस्करीको जालो मजबुत बन्दै आएको थियो। प्रहरी चौकीदेखि जिल्लाका घुमुवाहरू तस्करहरूसँग साँठगाँठ गरी असुलीमा ब्यस्त हुन्थे। तर, अहिले त्यहीँ घुमुवाहरू तस्करी रोक्न खटिन थालेका छन्।
शिवलवा, रंगपुर, मर्यादपुर, हर्दौना, कुशहवा, भिल्मी, बगही, कृष्णनगर, सिर्सिहवा, ठकुरापुर, गेडुवाजोत, नवरङिया जस्ता नाकाहरू तस्करीका लागि परिचित थिए। साना-ठूला सबैखाले तस्करी यिनै नाकाबाट हुँदै आएकोमा DIG कार्कीले लुम्बिनी प्रदेशको कमान्ड सम्हालेपछि ती संजालहरू क्रमशः ध्वस्त पारिएका छन्।  जिल्लामा केही यस्ता अवैध कारोबारहरू चलिरहेका थिए, जसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वर्षौंदेखि रोक्न सकेका थिएनन्। तर, DIG कार्कीको नेतृत्वमा ती तस्करी संजाल समेत तोडिएको छ। DIG कार्कीको सक्रियता र निगरानीका कारण अहिले कपिलवस्तुका प्रमुख नाकाहरूमा सशक्त गस्ती भइरहेको छ। तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता प्राप्त भएको स्थानीयहरु बताउँछन्  ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *