
काठमाडौं ।। IME Digital Solutions Limited को “IME Pay” मा NMB बैंक खाता भएका ग्राहकहरूले अब आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै पैसा लोड गर्न सक्नेछन्।
आईएमई पे र एनएमबी बैंकबीच भएको सम्झौताअनुसार अब ग्राहकले एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी एपबाट सीधै आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।
ग्राहकलाई एनएमबि बैंक खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज बनाउने उद्देश्यले यो सुविधा सुरु गरिएको हो ।
IME Pay Mobile Wallet App नेपालको पहिलो भुक्तानी सेवा प्रदायक IME Digital Solutions Limited द्वारा प्रवर्द्धन गरिएको एक इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक हो। “IME Pay” IME Group को डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा भुक्तानी नियमावली-२०७२ अनुसार दूरसञ्चार सञ्जाल मार्फत मोबाइल वालेट सेवा उपलब्ध गराउने पहिलो कम्पनी आईएमई डिजिटल हो ।
IME Pay मोबाइल वालेट मार्फत ग्राहकले आफै वा एजेन्ट मार्फत विभिन्न प्रकारका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति पैसा स्थानान्तरणदेखि लिएर विभिन्न अनलाइन तथा स्थानीय पसलहरूमा स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, घरायसी तथा कार्यालयको विभिन्न बिलहरू भुक्तानी गर्ने जस्ता सेवाहरू प्रदान गर्दै आएको छ।
यस मोबाइल वालेटमा ब्याज र विभिन्न क्यासब्याक सुविधाहरू पनि उपलब्ध छन्। IME Digital Solutions Limited ले बैंकविहीन नेपाली र न्यून बैंकिङ सुविधा भएका सर्वसाधारणलाई वित्तीय सेवामा पहुँच प्रदान गरी नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । आइएमई पेले मोबाइल वालेट एप र एजेन्टहरू मार्फत २० लाखभन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष रूपमा विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउन सफल भएको छ ।