
काठमाडौं ।। नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (इन्टरप्राइज ओनर्स ग्रुप) सवारी सम्पन्न गरेको छ ।
वैशाख ९ गते शनिबार आयोजना गरिएको यो सवारी टिभिएस महेन्द्रनगर (महामाया ट्रेड एण्ड सप्लायर्स महेन्द्रनगर, कञ्चनपुर) बाट सुरु भई दोधारा–अतिथी रिसोर्टमा समापन भएको थियो । राइडमा सहभागीहरुबीच विभिन्न खेलहरु पनि खेलाइएको थियो । साथै सबै सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र अनुशासित राइडरलाई मेडल समेत प्रदान गरिएको थियो ।
नेपाल सरकारको स्वीकृतिमा सबै सुरक्षा सावधानीका साथ यो सवारी सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै प्राविधिक टोलीले सवारीमा विभिन्न सडक सुरक्षाका साथै सवारी चालकले पालना गर्नुपर्ने नियम र सुरक्षाका बारेमा जानकारी गराएको थियो ।