
कपिलवस्तु , बैशाख १७
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा ” Politics for everyone ” राजनीति सबैको लागी विषयमा अंतरक्रिया सम्पन्न भएको छ । सो अंतरक्रिया तौलिहवा स्थित गौतम बुद्ध होटेलमा सम्पन्न भएको हो ।
सो अंतरक्रियामा विभिन्न पार्टीका नेताकार्यकर्ता , समाजिक अभियन्ता , पत्रकार , समाजसेवी , ब्यापारी र किसान समेतको उपस्थिति रहेको थियो । यस स्थानीय निर्वाचनमा जनता समाजबादी पार्टीबाट मेयरका दाबेदार रहेका र पार्टीले टिकट काटेपछि राजीनामा दिइ स्वतन्त्र रहेका रामअचल यादवको अगुवाइमा सो अंतरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रचनात्मक तरिकाले कुनै किसिमको अध्यक्षता वा प्रमुख आतिथ्यता बिना सबै एक समान हैसियतमा बसि सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सबै ब्यक्तिले पालैपालो अआफ्नो धारण राखेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रम संचालक राम अचल यादवले राजनीतिमा सबै जना अ आफ्नो स्तरबाट नलागे सम्म राजनीतिमा देखिएको बिकृति नहटने बताउनु भएको छ।
यस्तै काङ्ग्रेस नेता दिपेन्द्र नाथ शुक्लले हाल राजनीतिमा खोला माफिया , काठ माफिया , दलाल , तस्कर हाबि हुँदै गएको भन्दै दुखेसो पोखेका छन् । उहाँले राजनीतिमा माफियाको कब्जा हुनु भनेको बिकास समृधि रोकिने बताउनु भएको छ । सोही कार्यक्रममा बोल्दै अधिवक्ता भोला प्रसाद बिश्वकर्माले स्थानीय सरकारले जनहितका लागी चाहिएका कानुन बनाउन नसकेको र हाल स्थानीय निर्वाचनमा अधिकान्स उम्मेदवार कुनै एजेन्डा बिनानै गाउँ गाउँ जनतासंग भोट माग्न हिडिरहेको बताउनु भएको छ । उहाँ जनातले सूचनाको हक प्रयोग गरि पालिकाको गतिविधिबारे जानकारी लिने बानि बसाल्नु पर्ने आवस्यकता रहेको दर्शाउदै जनताले ५ बर्ष कार्यकाल पुरा गरि पुन उम्मेदवार बनेका नेता संग हाल सम्मको कार्यको लेखाजोखा माग्नु पर्ने धारण व्यक्त गर्नु भएको छ । उहाँले भोट भनेको आफ्नो जिवनमाथी नेतालाइ ५ बर्षको अधिकार दिनु हो तशर्थ असल नेतृत्व चुन्न अनुरोध गर्नु भयो ।

यसैगरी अंतरक्रिया कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता राम आशिष पाण्डेले हाल देशमा राजनीति ब्यवासायिकरण भैसकेकोले जनता नेतृत्व पहिचान गर्न नसके आउदो पिढिले दिक्कर्ने बताउनु भयो। उहाले जनता नाताबाद , कृपाबाद , बाबुबाद र परिवारबाद जस्ता बादको चङुलमा नफसि स्वक्ष नेतृत्व चुन्न जोड दिनु भएको छ ।
सोही कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार डा. सतिश उपाध्यायले बिशेष गरि युवाहरू पार्टीभन्दा माथी उठि जनहीतको नेतृत्वलाइ साथ समर्थन गर्न आग्रह गर्नु भयो ।
यसैगरी कार्यक्रमममा रामचन्द्र बौद्धले आफ्नो धारण राख्दै अहिलेको समयमा इमानदार ब्यक्ति प्राय एक्लै हुने गरेको बताउदै उहाँले समयले त्यसता इमानदार नेतृत्वको मुल्यांकन गर्ने बताउनु भएको छ । उहाँले इमानदारी पुर्बक समाज र देश हितमा लागेका नेताकार्यकर्तालाइ आफ्नो पथबाट बिचलित नभइ आफ्नो पथमा अडिग रहना आग्रह गर्नु भएको छ ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ३ का माओवादी केन्द्र का वडा अध्यक्ष उम्मेदवार गणेश श्रीवास्तवले जनता कुनै किसिमको लोभलालचमा फसि असल नेतृत्व पहिचान गर्न चुके ५ बर्ष दुख पाउने र बिकासमा पछाडी पर्ने बताउनु भयो ।
सो कार्यक्रममा उपस्थित ब्यक्तिले अब पार्टी भन्दा ब्यक्तिलाइ महत्त्व दिनेमा जोड दिदै यासपटकको निर्वाचनमा सबैले कुनै बादमा नफसि असल नेतृत्व पहिचान गरि भोट दिन जोड दिएका थिए । सो कार्यक्रम राम अचल यादवले आफ्नो ब्यक्तिगत नेतृत्व र लगानीमा संचालन गर्नु भएको थियो ।
