कपिलबस्तुमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग।

कपिलबस्तुमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग।


कमलेश चन्द्र गुप्ता ,कपिलबस्तु
कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध रैली सहित बिरोध प्रर्दशन गरेका छन।
जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ ।

छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।
जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध रैली निकालेका हुन् ।


रैलीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकारविरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा
गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए ।

विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्था का धर्मराज विश्वकर्मा सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

3 thoughts on “कपिलबस्तुमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग।”

  1. अनुज गुप्ता

    सराहनीय पहल
    यो खबर निकै नै महत्वपूर्ण हो
    हाम्रा देश का हिन्दू दाजु भाई एवम् दिदी बहिनी हरु संग समेत सहयोग तथा आफ्नो आफ्नो ठाउँमा देश को र संस्कृति को खिलाफ उठ्ने लाई कार्यवाही एवम् बहिस्कार हुनु अत्यन्त आवश्यक हो
    धन्यवाद हाम्रा मीडिया कर्मी ,प्रशासन लगायत अन्य सम्पूर्ण सहयोगी मित्र हरुलाई

  2. These are actually fantastic ideas in on the topic of blogging.
    You have touched some good points here. Any way keep up wrinting.

Leave a Reply to estami Cancel Reply

Your email address will not be published. Required fields are marked *