
साउन १ कपिलवस्तु ।
मायादेवी गाउँपालिकामा ४ वडाका अध्यक्षहरुले करारका कर्मचारी हटाइएको निर्णयविरुद्ध उत्रिएका छन । आज ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउदै तत्काल सो निर्णय न सच्चाए आन्दोलनमा उत्रिने जानकारी गराइएको छ बिरोधमा उत्रिएका वडा अध्यक्षहरुमा
शैलेन्द्र कुमार यादव वडा ३,अस्फाक अहमद मु.
वडा ४,संदीप कुमार चौधरी वडा ६,जर्नादन प्रसाद चौधरी वडा ७ का रहेका छन ।उक्त ज्ञापनपत्र यस्तो लेखिएको छ । “मायादेवी गाउँपालिकाको कार्यालय पकडी कपिलवस्तु को मिति २०७९।०३।३१ गतेको सूचना अनुसार गाउँपालिका भित्र रहेका सम्पूर्ण संस्था, वडा कार्यालय तथा सेवा केन्द्र र शाखाहरुमा कार्यरत सम्पूर्ण अस्थायी, सेवा करार तथा दैनिक ज्यालादारीमा कामकाज गर्दै आई रहेको कर्मचारीहरुलाई मिति २०७९ श्रावण १ गते देखि लागु हुने गरी अर्को व्यवस्था/ सुचना प्राप्त नभईन्जेल सम्मका लागि हाजिरी नगर्न/ नगराउनका लागि गाउँपालिकाको निर्णय भनेर सुचना जारी गरेकोमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । गाउँसभा / कार्यपालिकामा समेत कुनै जानकारी र निर्णय नगराई व्यक्ति विशेषको आदेशमा गरेको षडयन्त्र पूर्वक राजनैतिक पूर्वाग्रह राखी सुचना निकाल्नु दुर्भाग्य पूर्ण रहेको र देशमा विद्यमान बेरोजगारी समस्या रहेको सर्वविदित छ स्थानीय सरकारले युवाहरुलाई झन रोजगार दिनुको सट्टा बेरोजगार बनाउने कार्यको घोरभर्त्सना गर्दै अविलम्ब सो निर्णय फिर्ता लिई कर्मचारीहरुलाई पुनः कार्यालयहरुमा हाजिर हुनलाई सुचना जारी गरी हाजिरी गराई कामकाजमा खटाई जनतालाई सहज सुलभ सेवा प्रदान गर्न वातावरण मिलाउन तत्कालै कार्यन्वयन गर्न जानकारी गराइन्छ सो कार्य अविलम्ब न गरे हामी वार्ड नं. ३, ४, ६ र ७ वडाका जनप्रतिनिधीहरुले वडा कार्यालयको कामकाज ठाप गरी आम कर्मचारी जनसमुदाय सामाजसेवीको सहयोगमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ । साथ आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवार गाउँपालिकाको कार्यालय हुनेछ ।” साथै सो पत्र श्री जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, तौलिहवा ।
जिल्ला प्रशासन कार्यलय र जिल्ला समन्वय इकाई कार्यालय तौलिहवामा पठाएका छ्न ।

I was pretty pleased to discover this great site. I want to to thank you for ones time due to this fantastic read!! I definitely appreciated every part of it and I have you book marked to look at new stuff on your web site.