
असार ५ ।
कपिलवस्तुको कृष्णनगरमा लागुऔषध दुरुपयोग तथा विसङ्गति विरुद्ध सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, यसको नियन्त्रण तथा सामाजिक समाधानका उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूलाई जनचेतनामूलक सामग्री वितरण गरिएको थियो भने लागुऔषधमुक्त समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको वक्ताहरूले बताएका थिए।




