
कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यतर्फ जाने श्रद्धालु भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै सहुलियत दरमा बास बस्न सकिने व्यवस्था गरिएको छ।
कृष्णनगर नगरपालिकाको पहल तथा धर्मशाला एवं मन्दिर व्यवस्थापन समितिहरूको सहयोगमा मिति २०८३ जेठ ४ गते सहमति भई उक्त व्यवस्था लागू गरिएको हो।
नगरपालिकाका अनुसार श्रद्धालुहरूका लागि श्री मङ्गनीराम सोहनलाल धर्मशाला, श्री रामकृष्ण मन्दिर तथा श्री लक्ष्मीनारायण मन्दिर सेवा सदन मा सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको छ।
नगरपालिकाले रात्री ११ बजेभित्र परिचयपत्रसहित तोकिएको स्थानमा प्रवेश गरिसक्न सबै भक्तजनलाई अनुरोध गरेको छ।



