भारतबाट ल्याइएको ८ हजारको  धानको बिउ कपिलवस्तु प्रहरीद्वारा  जफत

भारतबाट ल्याइएको ८ हजारको धानको बिउ कपिलवस्तु प्रहरीद्वारा जफत


कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको धानको बिउ र औषधि जफत गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–५ स्थित क्षेत्रमा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको धानको बिउ र ‘कुखुराको कोलिसिन’ नामक औषधि बरामद गरिएको जानकारी दिएको हो।
प्रहरीले उक्त सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *