पाँच महिनापछि प्रधानमन्त्री शाह पहिलोपटक संसद्मा, सांसदका प्रश्नको सामना गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच महिनापछि पहिलोपटक प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
लामो समयदेखि प्रतीक्षामा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा हुने कार्यसूची तय भएको छ। पूर्वनिर्धारित कार्यक्रममा कुनै परिवर्तन नभए प्रधानमन्त्री शाहले सांसदहरूले यसअघि दर्ता गराएका लिखित प्रश्नको जवाफ संसद्को रोस्ट्रमबाट दिनेछन्।
प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अन्तर्गत प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको हो। नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
लामो समयपछि हुन लागेको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारको कामकारबाही, नीति तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्ने अपेक्षा गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *