
रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी र ६२ जना नेपाली छन्।
विदेशीतर्फ सबैभन्दा धेरै भारतका १३३ जना पर्यटक सम्पर्कमा आएका छैनन्। त्यसपछि अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना छन्।
पर्यटन बोर्डको विवरणअनुसार अन्य देशका पर्यटकको संख्या क्रमशः युक्रेन ७, सिंगापुर ६, दक्षिण अफ्रिका ६, न्युजिल्यान्ड ५, जापान ५, जर्मनी ४, फ्रान्स ३, आयरल्यान्ड २, नेदरल्यान्ड्स २, रूस २ र स्पेन २ जना रहेको छ। बेलारुस, फिनल्यान्ड, हंगेरी, इसराइल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका एक–एक जना पनि सम्पर्कमा आएका छैनन्।
सम्पर्कविहीन ४०३ जनामध्ये २०३ जना पुरुष र २०० जना महिला रहेको बोर्डले जनाएको छ। बुधबार साँझ ५ बजेसम्मको विवरणअनुसार मलबरी होटलबाट मात्रै ५२ जना विदेशी र १३ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी आएको छ।
हालसम्म सम्पर्कविहीनमध्ये कुनै पनि व्यक्ति फेला परेको जानकारी प्राप्त नभएको र थप विवरण संकलन भइरहेको पर्यटन बोर्डले जनाएको छ।



