
कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ता (मङ्गल चाचा)को उपचारका क्रममा भारतको दिल्लीस्थित अस्पतालमा निधन भएको छ। करिब ८० वर्षका गुप्ता मुटुरोगबाट पीडित रहेका थिए।
पूर्व सांसद गुप्ताको निधनले कपिलवस्तुसहित राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ। सरल, मिलनसार र जनप्रिय नेताका रूपमा परिचित गुप्ता लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहँदै आएका थिए। उहाँको निधनप्रति विभिन्न राजनीतिक दल, समाजसेवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।




