कपिलवस्तुमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका ८० वटा खसीबोका बरामद

कपिलवस्तु

कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ।

​सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जवाबैराठको गस्ती टोलीले सीमा नाकामा जाँच तथा अनुगमन गर्ने क्रममा अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका खसीबोका नियन्त्रणमा लिएको हो।

​सशस्त्र प्रहरीका अनुसार चोरीपैठारीकर्ताहरूले सीमा क्षेत्रका गैरकानुनी मार्ग प्रयोग गरी भन्सार छलेर खसीबोका ल्याउँदै गर्दा सुरक्षाकर्मीको टोलीलाई देखेपछि चौपाया छाडेर फरार भएका थिए।

​बरामद गरिएका खसीबोकालाई आवश्यक कानुनी कारबाही तथा लिलामी प्रक्रियाका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती र निगरानीलाई तीव्र बनाएको छ। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *